साउन १ गतेभित्र २५ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट राख्नु पर्दैन : विभाग

काठमाण्डौः यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट राख्नु नपर्ने जनाएको छ । आज मङ्गलवार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना ननिकालेको बताएको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले बाहिर हल्ला भएजस्तो विभागले किटान गरेर साउन १ गतेभित्र २५ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न नभनेको बताउनु भयो ।

‘इम्बोस्ड नम्बर प्लेट नियमित कार्यतालिकाअनुसार जसका लागि अनिवार्य गरिएको थियो, उनीहरूले जडान गरेका छन् वा छैनन् भन्ने कुरा विभागले अनुगमन गर्छ, साउन १ गतेभित्रमा सबै २५ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भन्ने सूचना गलत हो’, उहाँले भन्नु भयो ।


प्रकाशित | २४ जेष्ठ २०७९, मंगलवार १७:४३