अष्ट्रेलियालाई उछिन्दै एनआरएनए यूके बन्यो विश्वको सबैभन्दा ठूलो एनसिसी

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूके यस पटक सबैभन्दा ठूलो एनसिसी बन्न सफल भएको छ । अघिल्लो पटक विश्वमा सबैभन्दा ठूलो एनसिसी रहेको अमेरिका यस पटक हाल सम्मको डाटा अनुसार तेस्रो बनेको छ । गैर आवासीय नेपाली संघ बेलायतमा सदस्य संख्या १३ हजार ८ सय ९०पुर्याउँदै सबैभन्दा ठूलो एनसिसी बन्न् सफल भएको हो । निर्धारित समयसीमा ३१ जुलाई सम्म आइपुगेको पेपर र अनलाईन गरि सो सदस्य संख्या पुगेको हो । बेलायतमा आगामी १४ सेप्टेम्बरमा निर्वाचन हुँदैछ । अहिलेसम्म अध्यक्ष पदका बर्तमान उपाध्यक्षहरु  पुनम गुरुङ, प्रेम गाहामगर, शेर सुनार, शुशिला राई र ललित न्यौपाने चुनावी मैदानमा उत्रीनु भएको छ ।

यस पटक एनआरएनएमा यूके पछि एनआरएनए अष्ट्रेलिया सभैन्दा धेरै सदस्य रहेको एनसिसी बन्न पुगेको छ । एनआरएन अष्ट्रेलियामा सदस्य सख्या ११ हजार ६ सय १७ छन् । अघिल्लो पटक पहिलो बनेको अमेरिका यस पटक तेस्रो बन्ने भएको छ । कुनै समय १७ हजार सदस्य पुगेको अमेरिकामा अहिले एनआरएन सदस्य सँख्या ९ हजार २ सय १८ मात्रै छ । गैर आवासीय नेपाली संघ (एनआरएनए )अष्ट्रेलियामा नयाँ नेतृत्व चयन भइसकेको छ । अष्ट्रेलिया अध्यक्षमा केशव कँडेल निर्वाचीत हुनुभएको हो । त्यस्तै, अमेरिकमा पनि निर्वाचन सम्पन्न भइसकेको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्षमा सुनिल साह निर्वाचीत भइसक्नु भएको हो। साहको नेतृत्वमा निर्वाचीत नयाँ कार्यसमितिले पद्भार समेत समालीसकेको छ ।

तस्विर: शिव भण्डारी


प्रकाशित | १६ श्रावण २०७६, बिहीबार ०७:५८