एनआरएनए जापानको पञ्जीकृत सदस्य संख्यामा बढोत्तरी

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानमा यस पटक पञ्जीकृत सदस्य सदस्यामा बृद्धि भएको छ । एनआरएनए जापानले यस पटक आगामी कार्यकाल ( २०२१-२०२३ ) को लागि एमआइएस सिस्टमबाट सदस्यता आवेदन माग गरेको थियो । जसअनुसार २ महिनाको समयाअवधी तोकी आह्वान गरेकोमा थप ५ दिन बढाई गरेको समयसिमा अप्रिल ३० बाट सकाएको हो ।

अध्यक्ष देवीलाल भण्डारीले एनआरएनए जापानले कोभिड-१९ मा खेलेको भूमीका र पुर्याएको योगदान, विद्यार्थीलाई छात्रावृत्तिलगायत क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै संस्थाप्रतिको विश्वास बढाएर लगेकाले सदस्यता सख्यामा बृद्धि हुन आएको बताउनुभयो ।

एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीका अनसार यो पटक सदस्यता संख्यामा बृद्धि  भएको छ  । एअआइएस सिस्टमबाट फारम भर्ने सदस्यता संख्या (सदस्यता प्रमाणीत भएका र हुन बाँकी सहित ) ९ हजार ६५७ पुगेको छ । साथै ड्राफ्ट सदस्यता फारम संख्या (सदस्यता फाराम भर्न बिचैमा छोडेको संख्या ) ३ हजार ५८ रहेको छ ।

अध्यक्ष भण्डारीले एनआरएनए जापानले कोभिड-१९ मा खेलेको भूमीका र पुर्याएको योगदान, विद्यार्थीलाई छात्रावृत्तिलगायत क्षेत्रमा
महत्वपूर्ण कार्य गर्दै एनआरएनएप्रतिको विश्वास बढाएर लगेकाले सदस्यता सख्यामा बृद्धि हुन आएको बताउनुभयो ।

अध्यक्ष भण्डारीका अनुसार एनआरएनए जापानले तय गरेको मापदण्ड बमोजिम सदस्यता शुल्क जम्मा गरी एमआईएस सिस्टममा सदस्यता फारम भरेका र फारम भर्दै गर्दा केही प्राविधिक समस्या आई ड्राफ्टमा फोल्डरमा गएको सदस्यता फारमलाई पुरा गर्ने अवसर दिइनेछ । तर सदस्यता शुल्क जम्मा गरे पनी फारम नभरेकाको हकमा उक्त रकम सम्बन्धित व्यक्तिको खातामा फिर्ता गरिनेछ। यसको लागी छिट्टै एनआरएनए जापानले सूचना जारी गर्नेछ।

त्यस्तै, एनआरएनएको सदस्यता लिई अभियानमा जोडिनु हुने सम्पूर्ण जापानवासी नेपालीहरुलाई एनआरएनए एनसीसी जापानले धन्यवाद ज्ञापन गरेको छ ।


प्रकाशित | १८ बैशाख २०७८, शनिबार १०:०३