जर्मनी नेपालको ऊर्जा र वैकल्पिक क्षेत्रमा थप सहयोग गर्न इच्छुक

काठमाडौं : जर्मनी नेपालको ऊर्जा र वैकल्पिक क्षेत्रमा थप सहयोग गर्न इच्छुक देखिएको छ । नेपालका लागी जर्मनी राजदूत रोलान्ड सेफरले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँगको भेटमा ऊर्जामा सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा भएको छलफलमा उनले स्मार्ट ग्रिडको अवस्थाका बारेमा समेत चासो राख्दै यसमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

ऊर्जामन्त्री पुनले जर्मनीले ऊर्जा र वैकल्पिक ऊर्जाको क्षेत्रमा पु(याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले भर्खरै मात्र सम्पन्न भएको लगानी सम्मेलन ऐतिहासिक रहेको भन्दै अब कार्यान्वयन प्रक्रियाको थालनी हुने बताउनुभयो । स्माट मिटर र स्मार्ट ग्रिड सरकारको प्राथमिकतामा रहेको तथा काठमाडौंमा भुमिगत केवलिङको कामसमेत सुरु भइसकेको जानकारीसमेत उहाँले राजूतलाई दिनुभएको थियो ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार ०८:४१