पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा भक्तपुरमा प्रधानमन्त्रीको पुत्ला दहन

भक्तपुर – भक्तपुरमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पुत्ला जलाइएको छ । राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघले प्रधानमन्त्री देउवाको पुत्ला जलाइएका हुन् ।

जिल्लाको सूर्यविनायकबाट घलातेसम्म निश्किएको र्यालीकै क्रममा प्रधानमन्त्री देउवाको पुत्ला जलाइएको हो । पाँच दलीय गठबन्धनको सरकार बनेसँगै पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य सामाग्रीको अत्याधिक मूल्य वृद्धि भएको साथै तत्तकाल स्थानीय तहको निर्वाचन घोषणाको माग गर्दै भक्तपुरमा विरोध प्रदर्शन गरिएको हो ।

संघका केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज राजु लबञ्जरले वर्तमान सरकारले एक हप्ताभित्र स्थानीय तहको निर्वाचन नगरे देशभर राष्ट्रिय युवा संघले आन्दोलनको आँधीवेरी सिर्जना गर्ने चेतावनी दिनु भयो ।

कार्यक्रममा स्थानीय तहको निर्वाचनको मिति तत्तकाल घोषणा गर, मापशे सरकार मुर्दावाद, शेरे तेरो पाराले दुःख पाए साराले, यस पालिको हैजा शेरे तँलाई लैजा, नेकपा एमाले जिन्दावाद, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद, अनेम संघ जिन्दावाद लगायतका नाराहरु लगाईएको थियो ।


प्रकाशित | १९ माघ २०७८, बुधबार १९:०९