सूर्यविनायकको चित्तपोलमा साढे दुई करोडको लागतमा दुई सडकको शुभारम्भ

भक्तपुर – सूर्यविनायक नगरपालिकाको वडा नं १० स्थित चित्तपोलमा साढे दुई करोडको लागतमा दुई सडकको शुभारम्भ गरिएको छ । सूर्यविनायक नगर प्रमुख बासुदेव थापाले दुई सडकको शिलान्यास गर्दै निर्माण कार्य शूरु गर्नुभएको हो ।

This image has an empty alt attribute; its file name is 123999736_1048805982264255_4472122709050125520_n.jpg

१ करोड ५० लाख लागतमा सूर्यविनायक नगरपालिका १० चित्तपोलको नेपाल प्रहरी विद्यालयबाट महाँकालेश्वर संगम मार्ग जाने सडक र १ करोड लागतमा सूर्यविनायक नगरपालिका वडा नं १० को बाँसघारी देखी भकारी मुल हुँदै देउजा गाउँ ताथली सडक जाने सडकको शुभारम्भ गरिएको हो ।

सो अवसरमा बोल्नुहुँदै मेयर बासुदेव थापाले नगरपालिकाको सातौं नगरसभाबाट स्वीकृत गरि सडकको निर्माण कार्य शूरु गरिएको बताउनुभयो । नगरपालिकाको पूर्व भेग विकासमा पछाडि परेको अवस्थालाई विशेष ध्यान दिर्दै नपाले बजेट विनीयोेजन गरेको थियो ।

मेयर थापाले सूर्यविनायक नगरमा विकासले गति लिएको र धमाधम विकास निर्माण कार्य भइरहेको बताउनुभयो । नगरका सबै क्षेत्रमा विकास निर्माण कार्य भइरहेको बताउँदै मेयर थापाले सूर्यविनायक विकासमा नेपालकै सबैभन्दा अगाडि रहेको बताउनुभयो ।


प्रकाशित | २५ कार्तिक २०७७, मंगलवार १२:३०