सिरहामा गोली हानेर व्यवसायीको हत्या

जनकपुरधाम । सिरहामा गोली हानेर व्यवसायीको हत्या भएको छ ।
लहान नगरपालिका– २३ मा सुनचाँदी व्यवसाय गर्दै आउनु भएका अन्दाजी ४५ वर्षीय प्रदीप कुमार विश्वकर्माको लुटेरा समूहको आक्रमणमा मृत्यु भएको हो । उहाँ लहान नगरपालिका– २३ गड्डाचोक डेरा गरी बस्दै आउनु भएको थियो ।

राति साढे १२ बजेतिर घरमा सुतीरहेको बेला लुटेरा समूहले बिक दम्पतीमाथि आक्रमण गरेको थियो । लुटेरा समूहको प्रतिकारका क्रममा बिकको मृत्यु भएको र श्रीमती घाइते भएको जनाइएको छ ।

३५ वर्षीया अनिता विश्वकर्माको हातमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । घाइते अनिताको लहानस्थित सप्तऋषि अस्पताल उपचार भइरहेको छ ।


प्रकाशित | २९ चैत्र २०७७, आईतवार ०८:४०