अष्ट्रेलियालाई उछिन्दै एनआरएनए यूके बन्यो विश्वको सबैभन्दा ठूलो एनसिसी

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूके यस पटक सबैभन्दा ठूलो एनसिसी बन्न सफल भएको छ । अघिल्लो पटक विश्वमा सबैभन्दा ठूलो एनसिसी रहेको अमेरिका यस पटक हाल सम्मको डाटा अनुसार तेस्रो बनेको छ । गैर आवासीय नेपाली संघ बेलायतमा सदस्य संख्या १३ हजार ८ सय ९०पुर्याउँदै सबैभन्दा ठूलो एनसिसी बन्न् सफल भएको हो । […]

एनआरएनए कतारको अध्यक्षमा तेज कटुवालको उम्मेदवारी घोषणा

कतार : गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको अध्यक्षमा तेज कटुवालले उम्मेदवारी घोषणा गर्नुभएको छ । गैर आवासीय नेपाली संघको २०१९–२१ को कार्यकालको लागि कटुवालले उम्मेदवारी घोषणा गर्नुभएको हो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको कार्यसमितीमा २०१५—२०१७ कार्यकालमा सचिवालय सदस्य र कार्यवाहक महासचिव, २०१७ — २०१९ कार्यकालमा प्रथम उपाध्यक्षको भुमिकामा […]

एनआरएनए स्पेनको छैँठौ अधिवेसन आगामी सेप्टेम्बर ७ तारिखमा गर्ने निर्णय

स्पेन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्पेनको छैंठौ अधिवेशन आगामी सेप्टेम्बर ७ र ८ तारिखमा गर्ने घोषणा गरिएको छ । गैर आवासिय नेपाली संघ रास्ट्रीय समन्वय परिषद स्पेनका अध्यक्ष चिन्तामणी सापकोटााको अध्यक्षतामा बसेको बैठकले रास्ट्रीय समन्वय परिषद स्पेनको आसन्न छैँठौ अधिवेसन यहि आगामी सेप्टेम्बर ७ र ८ तारिकको दिन गर्ने निर्णय गरेको हो । […]

एनआरएनएको १२ औँ यूरोपेली बैठक तयारी पूरा

इटाली : यही अगष्ट २ देखि ४ तारिखमा इटालीको रोममा हुन गइरहेको गैर आवासीय नेपाली संघ ( एनआरएनए) को १२ औँ यूरोपेली बैठक तयारी पूरा भएको छ । ‘देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने’  मूल नाराका साथ हुन लागिरहेको बैठकमा नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल सहभागी हुँदैहुनुहुन्छ । […]

एनआरएनए हङकङ अध्यक्षमा राधिका (टिका) गुरुङ पुन: विजयी

हङकङ: गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङ अध्यक्षमा राधिका (टिका) गुरुङ विजयी हुनुभएको छ । आइतबार सम्पन्न सातौ अधिवेशनबाट गुरुङ दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन: निर्वाचीत हुनुभएको हो । एनआरएनए हङकङको निर्वाचन आयोगका अनुसार नयाँ कार्यसमितिमा विधान अनुसार अध्यक्ष १, उपाध्यक्ष २, महासचिव १, सचिव १, कोषाध्यक्ष १, महिला संयोजक १, युवा संयोजक १ र सदस्य […]

एनआरएनए जापानको महिला उपाध्यक्षमा सविता श्रेष्ठको उम्मेदवारी घोषणा

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको महिला उपाध्यक्षमा सविता श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल एनआरएनए जापानको महिला संयोजक रहनु भएको श्रेष्ठले आगामी कार्यकालको लागि महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । महिला फोरम जापानको संयोजक रहेर निकै सक्रियतापूर्वक जिम्मेवारी सम्माल्नु भएको श्रेष्ठ एनआरएन अभियानमा समेत निकै सक्रिय हुनुहुन्छ । विशेष गरि […]

एनआरएनए बहराईन अध्यक्षमा लक्ष्मी गिरी निर्विरोध निर्वाचीत: यस्तो छ नयाँ कार्यसमिति

बहराईन: गैर आवासीय नेपाली संघ (एनआरएनए) बहराइनको सातौँ महाधिवेशनले लक्ष्मी गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्बाचित गरेको छ । निर्वाचित हुनेहरुमा प्रथम उपाध्यक्षमा प्रेम बहादुर क्षत्री, द्धितिय उपाध्यक्ष अमर श्रेष्ठ, महिला उपाध्यक्ष कृष्ण कुमारी गुरुङ, महासचिवमा राजुकुमार श्रेष्ठ, सचिवमा राजु खत्री, कोषध्यक्षमा विष्णुप्रसाद आचार्य, सह कोषाध्यक्षमा देबेन्द्र गिरी महिला संयोजकमा लक्ष्मी क्षेत्री तथा युवा संयोजकमा […]