एनआरएनए स्पेनको छैँठौ अधिवेसन आगामी सेप्टेम्बर ७ तारिखमा गर्ने निर्णय

स्पेन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्पेनको छैंठौ अधिवेशन आगामी सेप्टेम्बर ७ र ८ तारिखमा गर्ने घोषणा गरिएको छ । गैर आवासिय नेपाली संघ रास्ट्रीय समन्वय परिषद स्पेनका अध्यक्ष चिन्तामणी सापकोटााको अध्यक्षतामा बसेको बैठकले रास्ट्रीय समन्वय परिषद स्पेनको आसन्न छैँठौ अधिवेसन यहि आगामी सेप्टेम्बर ७ र ८ तारिकको दिन गर्ने निर्णय गरेको हो । साथै बैठकले अधिवेसन सम्पन्न गर्नको लागी संस्थाका भूतपूर्व महासचिव सन्दिप मोहन भट्टराईको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिती गठन गरेको छ ।


प्रकाशित | १४ श्रावण २०७६, मंगलवार २२:१५