एनआरएनए हङकङ अध्यक्षमा राधिका (टिका) गुरुङ पुन: विजयी

हङकङ: गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङ अध्यक्षमा राधिका (टिका) गुरुङ विजयी हुनुभएको छ । आइतबार सम्पन्न सातौ अधिवेशनबाट गुरुङ दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन: निर्वाचीत हुनुभएको हो । एनआरएनए हङकङको निर्वाचन आयोगका अनुसार नयाँ कार्यसमितिमा विधान अनुसार अध्यक्ष १, उपाध्यक्ष २, महासचिव १, सचिव १, कोषाध्यक्ष १, महिला संयोजक १, युवा संयोजक १ र सदस्य ९ सहित १७ जना रहेकोमा अध्यक्ष बाहेक सबै पदमा निर्विरोध भइसकेको छ ।

जसमा उपाध्यक्षमा किसन राई र कर्म गुरुङ, महासचिवमा गोकर्ण प्रसाद ढकाल, सचिवमा डिल्लिराम विश्वकर्मा तथा कोषाध्यक्षमा सन्तोष कुमार गुरुङको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै, महिला संयोजक अनु राई र युवा संयोजक प्रेम लामा तथा सदस्यहरु विजय कुमार गुरुङ, अर्जुन गौचन र अरविन सिंह पनि निर्विरोध हुनुभएको छ ।


प्रकाशित | १२ श्रावण २०७६, आईतवार २१:१६