कतारबाट थप ७ नेपाली श्रमीकलाई टिकट काटेर स्वदेश पठाइयो, हालसम्म ३० जनालाई नि:शुल्क टिकट

दोहा : गैर आवासीय नेपाली संघ (एनआरएनए ) कतार यहाँ रहेका नेपालीहरुको लागि निरन्तर रुपमा राहत तथा उद्धारको कार्यमा खटिरहेको छ । विशेष गरि कोभिड १९ महामारीले समस्यामा परेका नेपालीलाई यहाँको स्थानीय सरकारसँग समन्वय गर्दै राहत वितरण अभियान सञ्चालन गरिरहेको छ । जसअन्तर्गत अहिलेसम्म ७ हजार बढी नेपालीलाई राहत वितरण गरिसकेको एनआरएनए कतारले जनाएको छ […]

घरफिर्ती, पुन एकीकरण र रोजगारलाई सहज बनाउन जोड

काठमाडौं : गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको मूख्य शत्रका रुपमा ‘आप्रवासी नेपाली कामदार र स्वदेश फिर्ता, पुन एकिकरण र रोजगार’ का विषयमा सरकारी पक्ष, सम्बन्धित विषयका विज्ञ र गैरआवासीय नेपालीहरु वीच छलफल भएको छ । आप्रवासी कामदारको घर फिर्ती, पुन एकीकरण र रोजगार सहज हुनु पर्ने सरोकारवालाको […]

३२ मुलुकबाट ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए, यूएईबाट सबैभन्दा बढी

काठमाडौं : विदेशमा समस्यामा परेका ७६ हजार ९६७ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी ) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट फर्केका हुन् । मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना छन् । उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन । […]

एनआरएनए कोभिड- १९ अपडेट : विदेशमा संक्रमणमुक्त हुने नेपालीको संख्या ३४ हजार ५१५ पुग्यो

काठमाडौं : विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप १ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या […]

प्रशिक्षण कार्यक्रम गर्दै जनसम्पर्क समिति अष्ट्रेलियाले मनायो बिपी जयन्ती

सिड्नी : अष्ट्रेलियामा विश्वेश्वरप्रसाद कोईरालाको १०७ औं जन्म जयन्ती तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया राज्य समितिको अग्रसरतामा विपी जयन्ती तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण ‘विपी बिचार र अबको राजनीति ‘बिषयमा आयोजना गरिएको हो । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष एबम संयोजक कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा […]

विदेशमा कोरोनाका कारण अहिलेसम्म २४३ नेपालीको मृत्यु

काठमाडौं : विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । यो सँगै साउदी अरबमा मात्रै संक्रमणका […]

छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने, विप्रेषण १५ प्रतिशतले घट्यो

काठमाडौँ –  कोभिड–१९ का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो । कोभिड–१९ ले श्रम बजार (स्वदेश वा विदेश)मा पार्ने असर विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा गठित […]