चितवनमा एसआई युके नेपालको ‘बृहत एजुकेशन फेयर २०२२’ सम्पन्न

चितवन : चितवनमा एसआई युके नेपालको ‘बृहत एजुकेशन फेयर २०२२’ सम्पन्न भएको छ । बेलायतमा उच्च शिक्षा लिन चाहाने नेपाली विद्यार्थीहरुका लागि एसआई युके नेपालले आज ९शनिबार० भरतपुर गार्डेन रिसोर्टमा आयोजना गरेको ‘बृहत एजुकेशन फेयर २०२२’ सम्पन्न भएको हो ।

No description available.

शैक्षिक मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु क्षेष्ठले पानसमा बत्ती बालेर उद्‌घाटन गरेका थिए । उद्‌घाटन गर्दै उनले एसआई युकेले विश्वका ४० देशमा ७९ ग्लोबल अफिस मार्फत सेवा दिईरहेको भन्दै खुशी व्यक्त गरे ।

No description available.

उनले यस्ता खालको संस्था सन्चालन गरी लगानी गर्न आवश्यक रहेको भन्दै सरकारले पनि सहयोग गर्नु पर्ने बताए । बेलायतबाट प्रतिनिधि आउँदा पर्यटनको क्षेत्रमा पनि आम्दानी बढने उनको भनाइ थियो ।

No description available.

शैक्षिक मेलामा १५ जना बेलायतका कलेज, विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाका प्रतिनिधिहरुले ३२५ विद्यार्थीलाई परामर्श दिएका थिए ।

अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले आयोजना गरिएको शैक्षिक मेला भव्य रुपमा सम्पन्न भएको संस्थाका डिरेक्टर विनय अधिकारीले बताए ।

No description available.

शैक्षिक मेला मार्फत बिद्यार्थीले युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्सेस्, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी प्रदान गरिएको उनले बताए ।

No description available.

एजुकेसन फेयरमा जिल्ला समन्वय समिती चितवनका प्रमुख नारायण अधिकारी, एचआईएसएसएनका सचिव प्रदिप पौडेल, प्रगतिशिल नेपाल प्रध्यापक संघका केन्द्रिय उपाध्यक्ष मनोज बिष्ट, एकिकृत नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष नारायण दत्त कोईराला लगाएतको उपस्थिती रहेको थियो ।

No description available.

एसआई युके नेपालले स्थापना कालदेखि नै बेला–बेलामा शैक्षिक मेला ९एजुकेशन फेयर०को आयोजना गर्दै आएको छ । चितवनमा भने उक्त फेयर पहिलो हो । एसआई युके ग्लोबलका कार्यालयहरु विश्वका ४० वटा देशमा संचालन छन् । एसआई युके ग्लोवल १ सय ५८ विश्वविद्यालयसँग आवद्ध भएर विगत १६ बर्षदेखि शैक्षीक सेवा गरिरहेको छ ।


प्रकाशित | २५ असार २०७९, शनिबार २१:३६