‘सिजन’ सकिएसँगै खुम्बु क्षेत्र सुनसान

– भोजराज कार्की नेपालको घरेलु विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने विमानस्थलको सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ । अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने लुक्ला विमानस्थलमा दैनिक १०० को हाराहारीमा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालय बताउँछ । विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमाल आरोहण गर्ने यात्रुले प्रयोग गर्ने यो विमानस्थलमा यात्रुको चाप पनि […]

नौबिसे नागढुङ्गा सुरुङमार्गको निर्माण शुरु हुँदै

सञ्चिता घिमिरे /काठमाडौँ काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नौबिसे नागढुङ्गा सुरुङमार्गको निर्माण चाँडै शुरु हुने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आजको बैठकमा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले सुरुङमार्ग निर्माणका लागि सबै तयारी भइसकेको बताउनुभयो । उहाँका अनुसार जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियत ऋणमा सो योजना बनाउने सहमति भएको […]

लमजुङमा बन्नेभयो, विश्वकै अग्लो स्थानको ‘स्मार्ट फिल्म सिटी’

–नारायण ढुङ्गाना लमजुङको बेंशीसहर नगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने भएको छ । पाँच हजार रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको ‘स्मार्ट फिल्म सिटी’का लागि आज नेपालको स्काइ इन्टरटेनमेन्ट प्राली र इटालीयन निर्माण कम्पनी वल्र्ड एरिया होल्डिङ् एसआरएलबीच सम्झौता भएको छ । निर्माण सम्पन्न भए यो विश्वकै अग्लो स्थानमा भएको स्मार्ट फिल्म […]

चार महीनामै स्याउ फल्दा किसान हर्षित

बाजुरा: जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिनुभयो । सो स्थानमा फुजी, गाला र […]

प्राविधिक खटिनुपूर्व बनाइएका घरलाई तीन लाख उपलब्ध गराइने

काठमाडौं: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिक खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट रु तीन लाख उपलब्ध गराउने भएको छ । प्राधिकरणको कार्यकारी समितिको आजको बैठकले प्राविधिक खटिनुपूर्व बनेका घरलाई निजी आवास अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि पारित गरेसँगै यस्तो व्यवस्था भएको हो । निर्देशक समितिले यस सम्बन्धमा गरेको निर्णयअनुरुप द्रुत गतिमा अनुदान उपलब्ध गराउन […]

१२५ स्थानीय तहले अझै बुझाएनन् बजेट विवरण

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा १२५ स्थानीय तहले अझै पनि बजेट विवरण नबुझाएको पाइएको छ । गत असार ११ गते सबै स्थानीय तहलाई तीन दिनभित्र गाउँसभा÷नगरसभामा पेश गरेको बजेट विवरण पठाउन निर्देशन दिएको थियो । मन्त्रालयले बजेटको विवरण पठाउन निर्देशन दिएपछि ६२८ स्थानीय तहले विवरण पठाएको मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिनुभयो […]

कुलेखानी तेस्रोबाट एक महीनाभित्र विद्युत उत्पादन

काठमाडौं: कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करीब एक महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाले जनाएको छ । भैंसेस्थित कुलेखानी दोस्रोबाट निस्किएको पानीलाई करीब चार किलोमिटर सुरुङ मार्गबाट ल्याई […]