शर्मिला आचार्य जीवन र अर्थतन्त्रको बीचमा वादविवाद कोरोना भाइरस सुरु हुँदादेखि नै देखिँदै आएको छ। विश्वमा विभिन्न देशहरुमध्ये कुनै देशले मानिसको जीवनलाई प्राथमिकता दिएका छन् भने कुनैले अर्थतन्त्रलाई। उदाहरणका लागि अमेरिकाको सरकारले मानिसको जीवनभन्दा देशको अर्थतन्त्र रोज्यो, जसको फलस्वरुप ६ महिनादेखि कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा विश्वकै अग्रपंक्तिमा छ। त्यस्तै भारत र नेपाल जस्ता देश […]
डा सिपी सेडाईं रमा २५ वर्षीया युवती हुन्। उनको विवाह भएको एक वर्ष भयो। उनी अहिले आफ्नो घर (श्रीमान्को घर) मा छिन्। श्रीमान् सउदी अरबमा काम गर्न गएको ६ महिना भयो, चिठी आदनप्रदान भइरहन्छ। रमाका साथमा नन्द, देवर, सासु, ससुरा छन्। विगत एक महिनादेखि उनमा अनौठो समस्या देखिन थाल्यो। घरमै बसिरहेका बेला एक्कासि काम्न थालिन् […]
– डा शंकर काफ्ले र राजेशकुमार गुप्ता हाल विश्व माहमारीको रूपमा फैलिएको कोभिड-१९ को निदान पिसिआर विधिबाट हुँदै आएको छ। सुरुको अवस्थामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट मात्र सो टेस्ट हुँदै आएकोमा हाल देशका ७ वटै प्रदेशका ५० भन्दा बढी ल्याबबाट यो सेवा दिइएको छ। सो टेस्टको बारेमा विभिन्न माध्यमबाट जनातामा धेरै चेतना र ज्ञान भइसकेको […]
डा टेली महत – कोरोना कुहिनोल जस्ता औषधिले निको पार्छ वास्तविकता: कुहिनोल जस्तै: हाइड्रोक्लोरोकुइन, क्लोरोकुइनले मलेरिया एसएलई तथा आर्थराइटिस जस्ता रोगको लागि काम गर्छ। कोरोनाको सन्दर्भमा हाइड्रोक्लोरोकुइन, क्लोरोकुइन अहिले पनि अध्ययनमै छ। हालको अवस्थामा यी औषधिले न कोरोना संक्रमणबाट हुने मृत्युदर घटाएको छ न त कोरोना निको पारेको पुष्टि नै भएको छ। – व्यायामका बेला […]
प्रविनकुमार बम जमाना इन्टरनेटको छ। कोरोनाले जनजीवन अस्तव्यस्त बनाए तापनि युट्युव, फेसबुक, टिकटक र इन्स्टाग्रामले धेरैलाई व्यस्त नै बनाइराखेका छन्। अहिलेको समयमा सबैको ध्यानाकर्षण कोभिड-१९ तर्फ केन्द्रित भएको छ। यो स्वाभाविक पनि हो। तर हामी अलि बुद्धिमान भएर सोच्ने हो भने कोरोना सँगसँगै प्रेसर र सुगर लगायत अन्य मुटु रोगहरुतर्फ पनि सबैको ध्यान जान आवश्यक […]
डा सन्देश दाहाल मानिस सधैँ सत्य कुरामा विश्वास गर्दैन। कति मानिसले सत्य कुरा थाहा नभएर भ्रममा विश्वास गर्छन् भने कतिले सत्य कुराको जानकारी भएर पनि विभिन्न कारणले भ्रममा विश्वास गरिरहेका हुन्छन्। विशेषगरी आममानिस महामारी, युद्ध, ठूलो सामाजिक आपराधिक घटना जस्ता संकटका बेला भ्रम फिँजाउने र भ्रममा विश्वास गर्ने कुरा व्यापक हुनजान्छ। आजकल सोसियल मिडिया आममानिसको […]
डा किशोर अधिकारी चीनको वुहान प्रान्तबाट डिसेम्बर २०१९ देखि सुरु भएको कोभिड–१९ माहामारीले आज विश्व जति प्रताडित छ झन्डै त्यति नै प्रताडित गलत, तथ्यहीन, अवैज्ञानिक र मनगढन्ते सूचना तथा जानकारीको भेलबाढीले छ। केही स्वघोषित वाक चातुर्यताका धनी तर स्वास्थ्यको डिग्री डिप्लोमा रहित महामहिमले सामाजिक सञ्जालको गलत उपयोग गर्दै सोझासाझा वर्गमा एक किसिमको भ्रमको स्थिति सिर्जना […]