आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।आज बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । संघीय संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा दुई पूर्व सांसदको निधनमाथि शोक प्रस्ताव पारित गर्ने उल्लेख छ । गत चैत १३ गते निधन भएका पूर्व सांसद नेपाली काँग्रेस नेता नविन्द्रराज जोशी र चैत १६ गते निधन भएकी पूर्व सांसद एवं काँग्रेस नेतृ लक्ष्मीदेवी भण्डारीको […]

नेकपा एमालेद्वारा प्रदेश कमिटी हेरफेर, कसले पाए कुन जिम्मेवारी ?

काठमाडौँ। नेकपा नेकपा एमालेले प्रदेश कमिटीको जिम्मेवारि हेरफेर गरेको छ । प्रदेश–१ को इन्चार्जमा सुवास नेम्बाङ, सहइन्चार्जमा लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्क आङबोहाङ, राजेन्द्र गौतम तथा प्रदेश अध्यक्षमा देवराज घिमिरे र सचिव विनो ढकाल रहेका छन् । यस्तै प्रदेश–२ को इन्जार्च सत्यनारायण मण्डल, सहइन्चार्ज लीला श्रेष्ठ तथा प्रदेश अध्यक्षमा प्रभु साह […]

पछिल्लो २४ घण्टामा १६७ संक्रमित थपिए, ११५ जना डिस्चार्ज

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ३ सय ९० जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार १ सय ४० जनाको पिसिआर परीक्षण गर्दा […]

अदालतले फैसला सच्याउँछ भन्ने विश्वास छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्र अलग हुने गरी भएको फैसला सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गर्नु भएको छ । गत फागनु २३ गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार गर्दै दुबै पार्टी अलग अलग हुने फैसला सुनाएको थियो । अदालतको उक्त फैसला अस्वाभाविक, […]

मुख्य गन्तव्य मुलुकमा कोरोनाको दोस्रो लहरसँगै नेपाली श्रमिकको चिन्ता

काठमाडौँ । कोरोना सङ्क्रमणको दोस्रो लहर बढ्न थालेपछि विश्वका विभिन्न देशमा रहेका नेपाली श्रमिकको बारेमा पुनः चिन्ता बढेको छ । नेपाली श्रमिकको मुख्य गन्तव्य मुलुक मानिएका मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमन, बहराइन र दक्षिण कोरियाजस्ता देशमा दोस्रो लहर फैलिन थालेपछि त्रास पनि बढ्न थालेको छ । कोरोना सङ्क्रमणकै कारण गत वर्ष […]

के एमाले विभाजनतर्फ उन्मूख भएकै हो ? (भिडियो रिर्पोटसहित )

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेसँगै पार्टीभित्रको विवादले झनै उग्र रुप लिएको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै प्रधानमन्त्री ओलीले नेपाल र रावललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्बन गर्नुभएसँगै पार्टीभित्रको विवाद […]

अध्यक्ष ओलीद्धारा माधव नेपाल र भीम रावललाई कारवाही, पार्टी सदस्यबाट ६ महिना निलम्वन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई कारवाही गर्दै ६ महिनाका लागि निलम्वन गर्नुभएको छ । अध्यक्ष ओलीले पार्टीको विधान विपरीत गतिविधी गरेको भन्दै माग गर्नुभएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गर्नुभएको हो । अध्यक्ष ओलीको निर्देशनमा एमाले महासचिव ईश्वर पोखरेलले नेता नेपाल र रावललाई चैत ८ […]