पछिल्लो २४ घण्टामा १६७ संक्रमित थपिए, ११५ जना डिस्चार्ज

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ३ सय ९० जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार १ सय ४० जनाको पिसिआर परीक्षण गर्दा १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ६७ हजार ४ सय ८ पुगेको छ। 

गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार ३० छ। हाल ५३ जना क्वारेन्टाइनमा छन्। 

गत २४ घण्टामा १ सय १५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ७ सय २७ जना पुगेको मन्त्रालयले जनाएको छ। 


प्रकाशित | १७ चैत्र २०७७, मंगलवार १६:२४