अध्यक्ष ओलीद्धारा माधव नेपाल र भीम रावललाई कारवाही, पार्टी सदस्यबाट ६ महिना निलम्वन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई कारवाही गर्दै ६ महिनाका लागि निलम्वन गर्नुभएको छ । अध्यक्ष ओलीले पार्टीको विधान विपरीत गतिविधी गरेको भन्दै माग गर्नुभएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गर्नुभएको हो ।

अध्यक्ष ओलीको निर्देशनमा एमाले महासचिव ईश्वर पोखरेलले नेता नेपाल र रावललाई चैत ८ गते स्पष्टीकरण माग गर्दै पत्र पठाउनुभएको थियो ।

त्यस्तै, कारबाहीको सूचना पाएपछि नेपाल र रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड ) सँग भेट गर्नुभएको छ ।


प्रकाशित | १६ चैत्र २०७७, सोमबार १७:४६