‘जोखनामा वर्तमान’ कवितासङ्ग्रह लोकार्पण

काठमाडौं – साहित्यकार डा. नवराज सुब्बाको कवितासङ्ग्रह ‘जोखनामा वर्तमान’ ई–बुक अनलाइन बजारमा आएको छ । हाम्रो आइडियाले प्रकाशित गरेको उक्त ई–बुकलाई थुप्रै डटकमले बजार व्यवस्थापन गरेको छ । यस सङ्ग्रहमा वि.स. २०६९ देखि हालसम्म रचित कवि सुब्बाका कविता, मुक्तक र गीत सङ्ग्रहित छन् । विविध स्वादका ८६ वटा रचनाहरु ई–बुकमा सङ्ग्रहित छन् । कवितामा जीवन […]

नयाँ वर्षमा…

हरि पौडेल /नेदरल्याण्ड के भनु कसरी एक्लो बिताएँ नयाँ वर्षमा आफुले आफैलाई फकाएँ नयाँ वर्षमा हुन त केही मुखमा राख्न मन लागेन तिम्रो फोटो हेरि-हेरि म्वाई खाएँ नयाँ वर्षमा बोलाउँ भने कसो अझै ग्रीनकार्ड भा छैन यसपालि पनि तिमीलाई सताएँ नयाँ वर्षमा मर्द बनि बसे थें कहिल्यै रुंदिन भनेर सम्झी तिम्रो मुहार आंसू चुहाएँ नयाँ […]

कवि हरि अधिकारीको ‘संकलित गद्यरचना’ ले पायो अरनिको पुरस्कार

ललितपुर — कवि हरि अधिकारीको ‘संकलित गद्यरचना’ कृतिले अरनिको अन्तर्राष्ट्रिय साहित्य पुरस्कार पाएको छ । गैर आवासीय नेपाली संघको भाषा–साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले राष्ट्रिय विभूति अरनिको नाममा स्थापना गरेको पुरस्कार अधिकारीको ‘संकलित गद्यरचना’ले पाएको हो । अधिकारीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि २ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरियो । संस्कृतिविद् सत्यमोहन जोशी […]

हरि अधिकारीद्वारा लिखित संकलीत गद्य रचना नामक कृतिलाई ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’

काठमाडौं । गैर आवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले अमेरिकामा स्थायी बसोवास गर्नु हुने साहित्यकार हरि अधिकारीद्वारा लिखित संकलीत गद्य रचना नामक कृतिलाई अरनिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । गैर आवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका वाङमयका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहितको ‘अरनिको अन्तर्राष्ट्रिय […]

नेपाल आइडलको जजमा शम्भुजित, सुगम र सुवानी

काठमाडौं – नेपाल आइडल चौथो सिजनको निर्णायकमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान चुनीनु भएको छ । शुक्रबार निर्माण पक्षले निर्णायकहरुको नाम सार्वजनिक गरेको हो । यसअघिका तीन सिजनमा न्यूह बज्रचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी जजको रुपमा हुनुहुन्थ्यो । निर्माण पक्षका अनुसार चौथो सिजनको होस्ट आशिफ शाह र रेश्मा घिमिरेले गर्नुहुने भएको छ […]

एनआरएनएद्धारा दुई लाख राशीको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ स्थापना

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ स्थापना गरेको छ । विसं २०७७ मा लेखिएका गैर आवासीय नेपाली लेखकका नेपाली बाङमय क्षेत्रको एक उत्कृष्ट पुस्तकलाई पुरस्कृत गरिने भएको हो । यो पुरस्कारको राशी दुई लाख नेपाली रुपैँया छ । नेपाल र भारतबाहेक अन्य मुलुकका प्रवासी […]

अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता : को बने विजेता ?

काठमाडौं । अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम भएकी छन् । गैर आवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को आयोजनामा सम्पन्न प्रतियोगितामा जापानका अभिनव गिरी द्वितिय भएका छन् भने पोर्चुगलकी मानस्वी खरालले तेस्रो स्थान हासिल गरेकी छन् । विजेता बलले […]