भक्तपुर । चौथौ एपीक नेपाल म्युजीक अवार्डद्धारा महानायक राजेश हमाल सम्मानीत हुनु भएको छ ।
सूर्यविनायक नगरपालिका र मध्यपुरथिमी नगरपालिका ४ को सहकार्यमा आयोजित चौथो एपिक नेपाल म्युजीक अवार्डबाट महानायक हमाल सम्मानीत हुनु भएको हो ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हमाललाई नगदर रु १ लाख १११ रुपैयाँसहित सम्मान गर्नुभयो । सो अवसरमा विभिन्न राष्टियस्तरका कलाहरुलाई समेत सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा नेकपा एमालेका नेता तथा सांसद कृष्णगोपाल श्रेष्ठ, अध्यक्ष ओलीको धर्मपत्नी राधीका शाक्य, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, मध्यपुर थिमी नगरपालिकाका पूर्व मेयर मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाको उपमेयर सरिता भट्टराई, ख्याती प्राप्त वरिष्ठ कलाकारहरुहरुलगायतको सहभागिता थियो ।
कार्यक्रम भब्य रुपमा विभिन्न सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न गरिएको थियो ।







प्रकाशित | ८ माघ २०७९, आईतवार ०७:५६