बेलायतबाट पनि ‘मेगा रेमिट’ सेवा

काठमाडौंं : मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’ सेवा बेलायतमा पनि विस्तार गरेको छ । बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीमा नेपालमा रेमीट्यान्स भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ । मेगा रेमिट सेवालाई विभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंकले बेलायतमा पनि रेमीट्यान्स कारोबार विस्तार गरेको हो ।

यो साझेदारीसँगै बेलायतमा रहेका नेपालीहरूलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । बेलायतबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सयभन्दा बढी एजेन्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने पनि जनाएको छ ।


प्रकाशित | २२ असार २०७६, आईतवार ०७:४७