अफगानिस्तानलाई भारतको सामान्य लक्ष्य

एजेन्सी : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानसामु २ सय २५ रनकाे सामान्य लक्ष्य प्रस्तुत गरेको छ । साउथह्याम्टनमा टस जितेर पहिले ब्याटिङ्ग गर्ने भारतको निर्णयलाई अफगानी बलरले गलत साबित गर्ने प्रयास गरे । भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २४ रन बनायो ।

भारतका कप्तान बिराट कोहलीले सर्वाधिक ६७ रन जोड्दा केदार जाधबले ५२ रन बनाए । रोहित शर्मा एक रनमा पवोलियन फर्किएको खेलमा के एल राहुल ३०, विजय शंकर २९, महेन्द्र सिंह धोनीले २८ रन बनाएर आउट भए । अफगानिस्तानका मोहमद नाबी र गुलाबदिन नाइबले समान २-२ विकेट लिए । मुजिब उर रहमान, रहमत शाह, राशिद खान र अफताब आलमले समान १-१ विकेट हात पारे ।


प्रकाशित | ७ असार २०७६, शनिबार १९:३७