नेपाल भ्रमण वर्ष सफल बनाउन एनआरएनए हङकङको आह्रवान

हङकङ : नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि हङकङमा तयारी तीब्र पारिएको छ । हङकङमा गैर आवासीय नेपाली संघलगायतका नेपाली संघसंस्थाहरु नेपाल भ्रमण वर्ष सफल बनाउन लागिपरिरहेका हुन ।

एनआरएनए हङकङले नेपाली समुदायमा नेपाल भ्रमण वर्ष सफल बनाउन सहयोगको लागि आह्रवान समेत गरेको छ । कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न ९ सदस्यीय नेपाल भ्रमण वर्ष २०२० प्रबद्र्धन समिति हङकङ गठन गरिएको जानकारी गराउँदै भ्रमण वर्षको तयारीमा जुट्न सबैमा आह्वान गरेको हो ।

नेपाली कन्सुलेट जनरल मुख्य आयोजक रहेको सो कार्यक्रमको सहआयोजक तथा सदस्य सचिवका रुपमा गैरआवासीय नेपाली संघ हङकङ रहेको छ भने नेपाल बायुसेवा निगम पनि सहआयोजक रहेको छ ।

त्यस्तै, सदस्यमा नेपाल आदिवासी जनजाती महासंघ हङकङ, हङकङ नेपाली महासंघ, नेपाल च्याम्बर अफ कमर्स हङकङ, प्रवासी नेपाली एकता मंच हङकङ, नेपाली जनसम्पर्क समिति हङकङ र नेपाली समाज हङकङ रहेको प्रबद्र्धन समितिको सदस्यसचिव समेत रहेकी गैरआवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङ (टिका) ले जानकारी दिनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० को विधिवत उद्घाटन कार्यक्रम आगामी ५ जनवरी २०२० का दिन हङकङको सेन्ट्रलमा राखिएको छ ।

गुरुङका अनुसार उद्घाटन पछि ५ वटा खुल्ला बसमा नेपाल भ्रमण वर्ष प्रबद्र्धनका ठूलाठूला ब्यानर लगाएर प्लेकार्ड तथा विभिन्न झाँकीसहित डेढ घण्टामा हङकङ साइट घुम्ने र समापन कार्यक्रम रहेको छ । कार्यक्रममा करिब ४ सय जनाको सहभागीता रहने बताइएको छ ।

साथै कार्यक्रममा लगभग १०० जान बिदेशी को सहभागिता रहनेछ भने बिभिन्न सरकारी कुटनितीका व्यक्तिहरू तथा पर्यटन वोर्डकाको पनि सहभागी रहनेछ । प्रबद्र्धन समितिले कार्यक्रममा सबैको सक्रिय सहभागिताका लागि नेपाली संघसंस्था तथा नेपाली समुदायहरुलाई आग्रह गरेको छ ।


प्रकाशित | २० मंसिर २०७६, शुक्रबार १३:१४