करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौँ : करेन्ट लागेर तीन जनाको ज्यान गएको छ । बिहीबार बेलुका महोत्तरीको मनरा शिस्वा नगरपालिका ८ मा करेन्ट लागेर सपहीका २५ वर्षीय उमेश यादवको ज्यान गएको हो ।  बिहीबार राति शौचालय जाने क्रममा करेन्ट लागेर इन्भर्टरको लिक भएको तारमा छुदाँ करेन्ट लागेर सुनसरीको बर्जु गाउँपालिका -६ का ५० वर्षीय नन्द किशोर साहको मृत्यु भएको हो । साहको विराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, बिहीबार राति पर्सागढी नगरपालिका(४ हरदास टोलमा मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर बिरेन्द्र ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित | ६ असार २०७६, शुक्रबार १३:३५