कर्णाली नदीमा बेपत्ताहरुको अवस्था अझै अज्ञात, खोजी कार्य जारी

हुम्ला: कर्णाली नदीमा जीप खसेर बेपत्ता भएका यात्रुको अवस्था अझै अज्ञात छ । आज तीन दिन भइसक्दा पनि बेपत्ताहको अवस्थ पत्ता लगाउन सकिएको छैन । त्यस्तै अहिलेसम्म जीप समेत फेला परेको छैन । जीप दुर्घटना भएको तेस्रो दिन आज पनि खाजी कार्य जारी छ ।

नदीको बेग र चीसो पानीका कारण खोजी कार्यमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल कुरिनटारबाट गएको गोताखोर टोलीको प्रयास पनि सफल हुन सकेन । बुधबार सेनाको हेलिकोप्टरबाट घटनास्थल पुगेको गोताखोरको टोलीले खोजी जारी राखेका छ ।

गोताखोरको १० जनाको टोली र स्थानीले कर्णली नदीमा पटक–पटक खोजतलास जारी राखेपनि बेपत्ताहरुको अवस्था पत्तालागेको छैन । कर्णाली नदीमा खसेको लु १ ज ७१६६ नम्बरको जीप र त्यसमा सवार यात्रु फला पर्ने आसमा स्थानीय बासिन्दाले खोजीलाई निरन्तरता दिएका छन् ।


प्रकाशित | ५ असार २०७६, बिहीबार ०८:२९