उच्च अदालतमा सिफारिस १८ मध्ये १७ न्यायाधीशले लिए शपथ

काठमाडौं : उच्च अदालतमा सिफारिस १८ मध्ये १७ न्यायाधीशको शपथ ग्रहण गराइएको छ । न्यायाधीशलाई बुधवार सर्वोच्च अदालतमा पद तथा गोपनियताको सपथ गराइएको हो । न्याधीशलाई प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाको उपस्थितीमा मुख्य न्यायाधीशले सपथ गराइएको हो ।  उता अञ्जु उप्रेती ढकाललाई भने आगामी बैशाख ४ गते नियुक्ति पाएपछि मात्र सपथ ग्रहण गराइने भएको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पौडेलले ३ बैशाखमा अवकास पाउने भएकाले उहाँको ठाउँमा ढकाललाई नियुक्ति गरिएको हो ।   सपथ ग्रहण गर्ने १७ जनामा किरण शर्मा, महेन्द्रनाथ उपाध्याय, रमेश ढकाल, नीलम पौडेल, राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मदजुनेद आजाद, बालमुकुन्द दवाडी, नागेन्द्रलाल कर्ण, जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्ज्वल शुक्ल र नवराज थपलिया हुनुहुन्छ ।

त्यस्तै, सर्वोच्चमा सिफारिस न्यायाधीशको शपथ संसदीय सुनुवाइ पछि गरिने भएको छ। न्याय परिषद्ले चैत १९ गते सर्वोच्चमा ५ र उच्च अदालतमा १८ न्यायाधीशको नाम सिफारिस गरेको थियो।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार २०:५५