कांग्रेसले संसदमा अलोकतान्त्रिक, असंसदीय तथा अमर्यादित व्यवहार देखाउन थाल्यो: महेश बस्नेत

भक्तपुर : पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले कांग्रेसले संसदममा अलोकतान्त्रिक, असंसदीय र अमर्यादित ब्यवहार देखाउन थालेको बताउनुभएको छ । आफूलाई लोकतान्त्रिक भन्न रुचाउने कांग्रेसको ब्यवहार अत्यन्तै असंसदीय र अलोकतान्त्तिक भएको सांसद बस्नेतको भनाइ छ ।

लोकतन्त्रमा सबैको सम्मान गर्नुपर्ने बताउँदै बस्नेतले लोकतन्त्र अराजकतन्त्र नभइ जनतालाई आफूलाई लागेको अधिकारलाई स्वस्फूर्त ढंगले प्रकट गर्न पाउने व्यवस्था भएको बताउनुभयो ।  सूर्यविनायक नगरपालिका वडा नम्बर ४ र ७ को सिमानामा पर्ने गोकुलघाट खोला पुल उद्घाटन गर्दै बस्नेतले गुठी सम्बन्धी विधेयकका बारेमा आम नागरिकलाई बुझाउन नसक्नुमा सरकारको पनि कमजोरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गुठी सम्बन्धी विधेयकमा भएका स्पष्ट कुरालाई जनतासँग पु¥याउन नसक्नु सरकारको पनि कमजोरी रह्यो । अब यसका सरोकारवालाहरुसँग सरकार बस्नेछ र गुठीसँग सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्नेछ ।’

 मंगलबार संसदमा प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बोल्न नदिनु असंसदीय गतिविधि भएको बताउँदै सांसद बस्नेतले प्रधानमन्त्रीले सभामुखसँग समय लिएर सदनमा बोल्छु भन्दा बोल्न नदिने गतिविधि संसारकै इतिहासमा संसदीय अभ्यासको विरुद्धमा भएको बताउनुभयो । सांसद बस्नेतले भन्नुभयो, ‘नेपालको संसदीय इतिहासमा मंगलबार जे घटना घट्यो यसले आफूलाई लोकतन्त्रको मूल ठेकेदार ठान्ने नेपाली काँग्रेस आफैपनि लोकतन्त्रको विरुद्धमा छ भन्ने छवि बनाएको छ ।’


प्रकाशित | ४ असार २०७६, बुधबार २०:५०