मध्यपुर थिमीमा असार १६ गते रोजगार मेला आयोजना गर्ने निर्णय, तयारीका लागि मूल आयोजक समिति गठन

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले आगामी असार १६ गते रोजगार मेला आयोजना गर्ने भएको छ । मेलाको तयारीका लागि सरोकारवालाहरुसँग छलफल गर्दै मूल आयोजक समिति गठन गरिएको छ ।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले मेला भब्य रुपमा सफल बनाउने निर्णय गरेको हो ।

निर्णयअनुसार वडा नं ३ का वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यको अध्यक्षतामा १३ सदस्यीय रोजगार मेला आयोजक मूल समिति गठन गरिएको छ भने आगामी असार १६ गते मेला आयोजना गर्ने निर्णय गरिएको छ ।

मेला आयोजना गर्ने स्थलदेखि अन्य सम्पूर्ण तयारी मूल आयोजक समितिले गर्नेछ ।


प्रकाशित | ३० जेष्ठ २०८०, मंगलवार १९:४९