त्रिभुवन विश्वविद्यालयका सहायक डिन घुससहित पक्राउ

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको विज्ञान संकायका सहायक डिन घुससहित पक्राउ परेका छन् । विज्ञान संकायका सहायक डिन प्राध्यापक डाक्टर शम्भु प्रसाद पटेल ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पटेललाई ५० हजार घुससहित पक्राउ गरेको हो । पटेललाई किर्तीपुरको ट्याङ्लाफाँटस्थित स्टिकस फास्ट फूड एण्ड क्याफेबाट ५० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।


प्रकाशित | ४ असार २०७६, बुधबार २०:३६