प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ: सांसद सुवाल

काठमाडौंः नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै नेमकिपाका सांसद सुवालले गुठीसम्बन्धी विधेयकबाट प्रधानमन्त्री ओली पछि हटेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्नभएको हो । सांसद सुवालले बेलायतको संसदमा ‘ब्रेक्जिट’ विधेयक पारित हुन नसकेपछि प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामा दिएको स्मरण गराउँदै राजीनामा माग गर्नुभएको हो ।


प्रकाशित | ४ असार २०७६, बुधबार १९:३२