नेपाली कथानक चलचित्र ‘लभ स्टेशन’ आजबाट प्रदर्शन

काठमाडौं :  नेपाली कथानक चलचित्र ‘लभ स्टेशन’ आजबाट प्रदर्शनमा आएको छ । उज्वल घिमिरेले निर्देशन गरेको चलचित्र ‘लभ स्टेशन’ले फ्राइडे रिलिजमा सोलो रिलिजको मौका पाएको छ । सोलो रिलिजको मौका पाएको चलचित्रले मल्टिप्लेक्स र सिंगल थिएटर दुबैमा उच्च शोज पाएको छ ।

लभ स्टेशन’मा चकलेटी ब्वाई प्रदीप खड्का र जसिता गुरुङ्ग मुख्य भूमिकामा छन् । यो जोडीलाई यस अगाडि चलचित्र लिलिबिलीमा देखिएको थियो । निर्देशक उज्वल घिमिरेका अनुसार ‘लभ स्टेशन’ लभस्टोरी सोसल ड्रामा हो ।


प्रकाशित | २२ चैत्र २०७५, शुक्रबार ०८:२२