कोरोना संक्रमित बढेपछि पोखरामा निषेधाज्ञा जारी

पोखरा – पोखरा महानगरपालिकामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले आज रातिबाट एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दुई दिनदेखि कोरोना संक्रमण बढ्न थालेपछि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिनुभयो । हालसम्म पोखरामा २ सय ४ जनामा संक्रमण पुष्टि भएको छ ।


प्रकाशित | १ भाद्र २०७७, सोमबार १३:४५