कांग्रेसले संसदमा बोल्न नदिएर अत्यन्तै असंसदीय तथा अमर्यादित व्यवहार देखायो: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले लोकतन्त्रमा कँही नभएको ब्यवहार देखाउन थालेको बताउनुभएको छ । संसदमा प्रधानमन्त्री ओलीलाई बोल्न नदिई नाराबाजी गर्दै संसद अवरोध गरिएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै ओलीले आफूलाई संसदमा बोल्न नदिएर काँग्रेसले अत्यन्तै असंसदीय तथा अमर्यादित व्यवहार देखाएको बताउनुभयो । प्रधानमन्त्री ओलीले कांग्रेसले संसद नै अबरुद्ध गरेर बोल्न नदिएकोप्रति आपत्ति जनाउँदै सो घटनाले आफू आश्चर्य चकित भएको बताउनुयभो ।

प्रधानमन्त्री ओलीले लोकतन्तको आवरणभित्र बसेर विपक्षले लोकतन्त्रविरुद्ध नै षड्यन्त्र गरेको आरोप लगाउँदै संसद अवरुद्ध गरेर कांग्रेस ले संसदको गरिमा घटाउने काम गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार मर्यादित प्रेस, प्रेस स्वतन्त्रता, मानवअधिकारको रक्षाका लागि अडिग रहेको बताउँदै लोकतन्त्रको जगेर्नाका लागि सरकार कटिबद्द भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई बोल्न नदिने, प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने लोकतन्त्रमा कहीँ नहुने व्यवहार हो । यस्तो ब्यवहार दुनियाँको लोकतान्त्रिक अभ्यासमा कही पाइँदैन ।’ लोकतान्त्रिक अभ्यासमा पहिला प्रधानमन्त्रीले, विपक्षी दलका नेताले र त्यसपछि वरिताक्रममा बोल्ने अन्तराष्ट्रिय प्रचलन रहेको बताउँदै हरेक कुरामा निहुँ खोज्ने तरिकामा प्रधानमन्त्रीले होइन् मैले बोल्न पाउनुपर्छ भनेर शेरबहादुर देउवाजी नै रोष्टम घेराउको नेतृत्व गरेर अघि बढेको घटनाले आश्चर्यचर्कित तुल्याएको प्रधानमन्त्रीको भनाइ छ ।


प्रकाशित | ३ असार २०७६, मंगलवार १७:५९