राम जन्मभूमिका विषयमा अध्ययन गर्न जुट्यो पुरातत्त्व विभाग

काठमाडौँ : पुरातत्त्व विभागले रामजन्मभूमि अयोध्याको विषयलाई लिएर ऐतिहासिक तथ्यहरूको अध्ययन गर्ने तयारी थालेको छ । पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले अयोध्याको विषयमा प्रारम्भिक छलफल प्रारम्भ भएको जानकारी गराउनुभयो । उहाँले इतिहासकार, खोज र अनुसन्धानकर्ताहरूसँग यस विषयमा छलफल अगाडि बढाइने पनि बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको एक कार्यक्रममा राम जन्मभूमि अयोध्या नेपालमा रहेको धारणा सार्वजनिक गर्नुभएपछि यो विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छलफल र बहस प्रारम्भ गरेको छ ।


प्रकाशित | ३१ असार २०७७, बुधबार २०:२४