स्थानीय तहको कर्मचारी बिज्ञापन: लोकसेवा आयोगमा आवेदन दिने म्याद एक साता थपियो

काठमाडौं : लोक सेवा आयोगले स्थानीय तहमा कर्मचारीको लागि खुलाइएको विज्ञापनमा आवेदन दिने म्यात एक साता थपेको छ । यसअघि बिज्ञापन गर्दै मंगलबारको लागि अन्तिम म्याद तोकिएकोमा एक साता म्याद थप गरिएको हो । ५ सय १५ स्थानीय तहका ९ हजार १ सय ६१ पदका लागि आह्वान गरिएको विज्ञापनको म्याद एक साता थप्ने निर्णय गरेको एक सूचना प्रकाशित गर्दै आयोगले जनाएको छ ।


प्रकाशित | ३ असार २०७६, मंगलवार १५:१९