‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ भब्य समारोहका बीच भक्तपुरबाट शुभारम्भ हुँदै

भक्तपुर : ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ यही जेठ २४ गते भक्तपुरबाट गरिने भएको छ । जिल्लाका चारै वटा नगरपालिकाको संयुक्त आयोजनामा सो कार्यक्रम हुन लागेको हो । शुभारम्भ भएको दिन सडक व्यवस्थापन सम्बन्धी कार्यबाट शुरुवात गरिने भएको छ भने बाँकी दिनको लागि सम्बन्धीत वडा कार्यालयले निर्णय गर्ने भएको छ ।

भत्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थिती काल्छा खोलादेखी वडा कार्यालयसम्म करिव २.५ किमी सडकमा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ हुने भएको हो । कार्यक्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको समेत सहभागिता रहनेछ ।

त्यस्तै, भक्तपुर क्षेत्र नं २ का सासद महेश बस्नेतले सो शुभारम्भ कार्यक्रममा सहभागिताको लागि सबैमा आह्रवान  गर्नुभएको छ । उहाँले भब्य रुपमा कार्यक्रम हुन लागिरहेकाले कार्यक्रममा सहभागिताको लागि सबै भक्तपुरबासीमा आह्वान गर्नूभएको हो ।  कार्यक्रम सफल बनाउन नेकपा भक्तपुरले १५ सदस्यीय व्यवस्थापन समिति समेत गठन गरेको छ । सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाको संयोजकत्वमा सहसंयोजक चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बास्तोला, सूर्यविनायक नपाबाट ७ जना वडाध्यक्ष, चाँगनारायण नपाबाट ४ जना वडाध्यक्ष र मध्यपुर थिमी नपाबाट २ जना रहने गरी उक्त समिति गठन गरेको हो ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार १८:१६