मेलबोर्नमा संयुक्त रुपमा समुन्द्री सुरक्षा सम्बन्धि तालिम

सुशील चालीसे /मेलबोर्न

अस्ट्रेलियाको मेलबोर्नमा अबस्थित अल्टोना बीचमा भिक्टोरियाका चार नेपाली संस्थाहरु एनआरएनए भिक्टोरिया, नेपलिज एसोसिएसन अफ भिक्टोरिया, मेलबोर्न नेपलिज कम्युनिटी वेस्ट तथा जिलोंङ् नेपलिज एसोसिएसनको संयुक्त आयोजनामा समुन्द्रवाट आइपर्ने जोखिम तथा यसवाट कसरी आफुलाई सुरक्षित राख्ने भन्ने उदेश्यले संचालित समुन्द्र सुरक्षा तालिम सम्पन्न भएको छ ।

अस्ट्रेलियाका दक्ष तथा अनुभबी लाइफ गार्डहरु द्वारा दिइएको एक दिने तालिममा समुन्द्र सम्बन्धि ज्ञान, पानीको प्रभाव लगाएत समुन्द्रको अबलोकन गर्दै बिभिन्न सीपहरुको अभ्यास गराउदै सम्पन्न भएको थियो ।

समुन्द्र तथा पानी सम्बन्धि दिइएको उक्त तालिममा समुन्द्रमा पौडी खेल्दा सधै तोकिएको झण्डाहरुको घेरा भित्रमात्र खेल्ने, एक्लै पौडी कहिलेपनि खेल्ने, समुन्द्रको पानीको बेग तथा करेन्टको जानकारी लिएर सुरक्षित भए मात्र समुन्द्रमा जाने, समुन्द्रको तटमा रहेका सुचना तथा संकेतहरुको राम्रो संग्ग अध्ययन गर्ने, धेरै थाकेको अबस्थामा पौडिन नजाने, लागु पदार्थ तथा मदिरा सेवन गरेर समुन्द्री तटमा नजाने, केटाकेटीहरु लिएर जादा हर समय उनीहरुको नजिकै रहने, समुन्द्रमा जादा मौसम सफा र स्थिर रहेको बेलामा मात्र जाने लगाएत बिभिन्न महत्वपूर्ण सिपहरुको जानकारी गराइएको थियो।

बिगतका बर्षहरुमा अस्ट्रेलियामा नेपाली मुलका कयौले समुन्द्रमा पौडिने क्रममा आफ्नो अमुल्य ज्यान गुमाईसकेका छन् जसमा धेरै जसो बिधार्थीहरु रहेका थिए ।

लगातारको दुर्घटनावाट जनमासमा नेपालीहरुमा समुन्द्र सम्बन्धि ज्ञान तथा पानीको प्रभावका बारेमा उचित तालिम तथा ज्ञानको अभाबको कारण यस्तो दु खद घटना घटने भइरहेको बहस चलेको थियो ।

यस्ता खालका दुर्घटनावाट कसैले पनि आफ्नो ज्यान गुमाउन नपरोस र यसबाट आफुले पौडी खेल्नु अगाडी आबश्यक कुराहरुमा ध्यान पुगोस भन्ने उदेश्यले यो तालिमको आयोजना गरिएको एनआरएनए भिक्टोरियाका संयोजक प्रेम प्रसाद कंडेलले बताए भने यस तालिम अस्ट्रेलियाका अन्य राज्यहरुमा समेत सन्चालन गर्ने योजना रहेको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशब कंडेलले जानकारी गराएका थिए ।

मेलबोर्न नेपलिज कम्युनिटी वेस्टका अध्यक्ष शंकर थापाले संयुक्त रुपमा गरिएको तालिमवाट नेपाली समुदायले दक्षता हासिल गर्नुका साथै एकआपसमा भाइचारा बढाउनका लागि निकै सहज भएको बताएका थिए ।

त्यसै गरि जिलोंग नेपलिज एसोसीएसनका अध्यक्ष निरज कारंजितले यसरी मिलेर कार्यक्रम गर्दा जिम्मेवारीको बाडफाडमा सहज र सरलता हुनुका साथै एउटा राम्रो नमुना बन्न सफल भएको बताएका थिए ।

भिक्टोरियामा अबस्थित बिभिन्न नेपाली समुदायहरुको उपस्थिति रहेको उक्त तालिमका सहभागीहरु निकै उत्साहित भएको र बिभिन्न सिप हासिल गर्न पाउदा आयोजक संस्थाहरु प्रति धन्यबाद तथा खुशी व्यक्त गरेका थिए । तालिमको समापन पश्चात आयोजकहरुले तालिमका सहभागीहरुका लागी बारबेक्युको आयोजना पनि गरिएको थियो ।


प्रकाशित | १७ माघ २०७६, शुक्रबार २२:२१