माथिल्लो तामाकोसीको ठाडो सुरुङ जडान सुरु

काठमाडौं : स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार सफलतापूर्वक पाइप जडान सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङ र प्राधिकरणका सञ्चालकहरू चेतराज जोशी तथा भक्तबहादुर पुनको उपस्थितिमा पाइप राख्न सुरु गरिएको हो ।

तल्लो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो । तल्लो ठाडो सुरुङको पुछारमा रहने बेन्ड पेनस्टकमा सोमबार अर्को पाइप राखिएको हो । अब त्यसलाई मिलाउने, वेल्डिङ गर्ने र त्यसपछि कंक्रिट गरिने आयोजनाले जनाएको छ । त्यसपछि अर्को पाइप जडान सुरु हुने छ । तल्लो पेनस्टक साफ्टमा ३७२ मिटरमा ७४ वटा पेनस्टक पाइप जडान गर्नुपर्ने छ । यो समाचार आजको कारोबार दैनीकमा छ ।

पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्योलता हटेको कार्यकारी निर्देशक घिसिङले बताए । “पेनस्टक पाइप जडान ज्यादै गाह्रो थियो, यसअघि जडान सुरु गर्दा क्रेनको डोरी नै चुँडिएको थियो, त्यसपछि क्रेनले काम गर्ने÷नगर्ने लगायतका अन्योल र अनिश्चितता थियो,” उनले भने, “पहिलो युनिटबाट ९७६ मेगावाट० पुसभित्रमा उत्पादन गर्ने लक्ष्य राखेका छौं, यसमा केही तलमाथि हुनसक्ला तर आयोजना आर्थिक वर्ष २०७६÷७७ भित्रै निर्माण सम्पन्न हुने छ ।” उनले क्रेनले ६ मिटर प्रतिमिनेटका दरले पाइप झार्ने हुँदा अब कामले गति लिने बताए ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल ९ लट ३० को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ ।

आयोजनाका अनुसार लामाबगरमा रहेको बाँधमा फिनिसिङको सानातिना काम भइरहेको छ । सुरुङ, प्रसारणलाइन निर्माणको काम समानान्तर रूपमा अगाडि बढिरहेको छ । सबै संरचना निर्माणको अन्तिम चरणमा छन् ।

२०७२ सालको विनाशकारी भूकप्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेस आन्दोलनलगायतका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ९लट २० ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले आयोजनाको निर्माण ढिलाई भएको थियो ।

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३÷७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्प लगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५÷७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो । तर, लट–२ को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस २०७६ ९३१ डिसेम्बर २०१९० भित्र एक युनिट ९७६ मेगावाट०बाट विद्युत् उत्पादनको लक्ष्यसहितको नयाँ समयतालिका तय गरी काम भइरहेको छ । त्यसपछि हरेक महिनाको फरकमा बाँकी ५ युनिटबाट विद्युत् उत्पादन गरिने छ ।


प्रकाशित | ३ असार २०७६, मंगलवार १०:४९