काठमाडौं उपत्यकामा २३२ सहित नेपालमा थप ८५५ जनामा कोरोना पुष्टि

काठमाडौं – नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३३ हजार ५३३ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १९ हजार ११९ उपचारपछि निको भएका छन्।

यस्तै हाल १४ हजार २ सय ५० जना कोरोनाका सक्रिय बिरामी छन्। संस्थागत आइसोलेसनमा आठ हजार पाँच सय ८१ जनाको उपचार भइरहेको छ। होम आइसेलेसनमा पाँच हजार ६६९ जनाको उपचार भइराखेको छ। क्वारेन्टाइनमा १० हजार आठ सय ५३ जना रहेका छन्।

नेपालमा हालसम्म १६४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित | ९ भाद्र २०७७, मंगलवार १६:३८