कांग्रेस खुल्ला केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाको अग्रता, अहिलेसम्म कसले पाए कति मत ?

काठमाडौं – नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा बिहानदेखि जारी मतगणना भोली बिहानसम्म सकिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति अनुसार अहिलेसम्म् ९८८ मतगणना हुँदा डा. शशांक कोइराला पहिलो स्थानमा हुनुहुन्छ भने एनपी साउद, शंकर भण्डारी, बलकृष्ण खाँणलगायत हुनुहुन्छ ।

काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । खुल्ला केन्द्रीय सदस्यमा ९८८ मत गन्दा शशांक कोइरालाले ८१४ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै, ६३१ सहित एनपी साउदले दोस्रो मत र ५९८ मत प्राप्त गर्दै शंकर भण्डारी तेस्रो स्थानमा हुनुहुन्छ त्यसपछि बालकृष्ण खाण र रमेश लेखकले ५९६ मत पाउनु भएको छ ।

अहिलेसम्म कसले पाए कति मत ?

 


प्रकाशित | ३ पुष २०७८, शनिबार १९:१६