बिप्लवलाई सत्तारुढ नेकपामा आउँन प्रचण्डको आह्रवान

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालल नेत्रबिक्रम चन्द, बिप्लव लाई नेकपामा आउँन आह्रवान गर्नुभएको छ । प्रचण्डले सत्तारुढ नेकपामा आए उचित स्थान समेत दिने बताउनुभएको छ । बिप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै प्रचण्डले भन्नुभयो, ‘नेकपामा समाहित हुने तपाईहरुले ढिलो छिटो जे निर्णय गर्नुभएको छ, बिल्कुल सही निर्णय गर्नुभएको छ,’

‘केही समयपछि बिप्लव पनि यसरी नै आउनु पर्छ, अर्को कुनै बिकल्प बाँकी रहने छैन,’ प्रचण्डले भन्नुभयो । उहाँले लामो युद्ध लडेर संघीय लोकतान्त्रिक गणतन्त्र हासिल भएको भन्दै अव यस्को सुदृढिकरण र रक्षामा सवै लाग्नु पर्ने बताउनुभयो । ‘नेकपाले नै समृद्धिको यात्रा अघि बढाएर समाजवादतर्फ लान्छ, नेपालको कम्युनिस्ट आन्दोलनको बृहत्तर हितमा, राष्ट्रको हितमा, जनताको हितमा हामी आफैले लडेर जे उपलब्धी ल्याएको हो, त्यस्को रक्षा गर्ने र समाजवादतिर अगाडि बढने कुराको बिकल्प छैन,’ प्रचण्डले भन्नुभयो ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार २०:५१