एनआरएनए यूकेको महासचिव पदमा फणिन्द्र भट्टराईको उम्मेदवारी घोषणा (प्रतिबद्धतासहित )

लन्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको महासचिव पदमा फणिन्द्र भट्टराईले उम्मेदवारी घोषणा गर्नुभएको छ । भट्टराईले आगामी २०१९ /२०२१ कार्यकालको लागि महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएनए आइसीसीको केन्द्रिय भाषा तथा साहित्य र मिडिया विभागको सदस्य रहनुभएको भट्टराई यसअघि एनआरएनए यूकेमा कार्यसमिति सदस्य र सचिव गरी दुई कार्यकाल काम गरिसक्नु भएको छ ।

 नेपाल पत्रकार महासंघ बेलायतको सल्लाहकार र सेतोपाटी अनलाइन पोर्टलका युरोप संयोजक समेत रहनुभएको भट्टराई ११ बुँदे प्रतिवद्धतासहितआफनो उम्मेदवारी घोषणा गर्नुभएको हो । संस्थालाई संगठनात्मक रुपमा बलियो र व्यवस्थित बनाउने एवं अध्यक्षको नीति तथा कार्यक्रमअनुसार संस्थाको विकास, सुधार र अभियान सफलताका लागि इमान्दारीपूर्वक र प्रतिवद्ध रुपमा काम गर्ने अठोट भट्टराईको रहेको छ ।

घोषणासभामा एनआरएन युरोप महिला उपसंयोजक संगीता मरहट्ठा, आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएन यूके पूर्व अध्यक्ष महेन्द्र कंडेल, एनआरएन यूके उपाध्यक्षद्वय पुनम गुरुङ र ललित न्यौपाने, आईएनएस यूके अध्यक्ष चन्द्र गुरुङ, मिडल्याण्ड का एनआरएन अभियन्ताहरु दयानिधि सापकोटा, पशुपति पोखरेल, रणबहादुर केसी र विष्णु चालिसे, तमु धि यूके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र पूर्व अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङले भट्टराईलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।

 

त्यसैगरी, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगीमगर, तमु धि साउथ ईस्ट पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङ, एनआरएन आइसीसी पूर्व सदस्य विनोद ज्ञवाली, चाल्र्टन नेपाली समाज यूके अध्यक्ष कृष्ण खरेल, रोयल ग्रीनवीच नेपाली सोसाइटी अध्यक्ष हरिगोविन्द गुरुङ, गुल्मी जिल्ला समाज यूके अध्यक्ष टोप पल्ली र संस्थापक अध्यक्ष ओमप्रसाद थापा, बुद्ध फाउण्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, एनआरएन यूके पूर्व महासचिव कर्ण शाही, नेकपा बेलायतका नेताहरु दिनेश घिमिरे र सुरेश गौतम, साहित्य चौतारी यूके संयोजक वासु शर्मा, पासा पुचस् यूके पूर्व अध्यक्ष कुमार श्रेष्ठ, डार्टफोर्ड नेपाली समाज यूके अध्यक्ष दीपक थापा र पासा पुच साउथ ईस्ट अध्यक्ष सुशील प्रजापति लगायतले पनि भट्टराईलाई सफलताको शुभकामना दिनुभयो ।

यस्ता छन् प्रतिबद्धताहरु:-

१. एनआरएनए को सदस्यहरुले आफ्नो परिचयपत्र समेत प्राप्त गर्न नसकिरहेको परिप्रेक्षमा एनआरएनए यूकेको सदस्यता व्यवस्थापन र वितरण प्रणालीलाई प्रभावकारी बनाउन प्रयत्नशील रहने छु ।

२. एनआरएनए यूकेको समग्र क्रियाकलापहरुको कुशल संयोजनमा भूमिका खेल्ने छु ।

. एनआरएनए यूकेले आयोजना गर्ने सभा, सम्मेलन, सेमिनार, गोष्ठी लगायतका कार्यक्रमको चुस्त ,दुरुस्त र प्रभावकारी संचालन गर्नेछु ।

. कार्यक्रममा हुने, देखिने लामो र अनावश्यक खादा ,माला र भाषण प्रवृतिलाई न्यूनीकरण गर्ने प्रयास गर्नेछु ।

 . बैठक, सभा सम्मेलनका निर्णयहरुलाई कुशल अभिलेखीकरण गर्दै यसको सुचना सम्पूर्ण सदस्यसामु पुर्याउनेछु ।

६. एनआरएनए यूकेको कार्यसमितिले निर्दीष्ट गरेको निती तथा कार्यक्रमहरु उपयुक्त संयन्त्रमार्फत आम जनसमुदाय समक्ष सुचना प्रवाह गर्ने/ गराउने छु ।

 . एनआरएनए यूकेको विधान अनुरुप गठित विभिन्न क्षेत्रीय समितीहरुसंग समन्वय गर्दै उपयुक्त सल्लाह, सुझाव र निर्देशनमा प्रभावकारी भूमिका खेल्नेछु ।

 .विभिन्न विभागका क्रियाकलाप तथा प्रगति विवरण छलफलमा ल्याउदै त्यसको प्रभावकारी कार्यान्वयनमा भूमिका खेल्नेछु ।

९. एनआरएनए यूकेले तय गरेको नीति था योजनाहरुलाई सार्वजनिक छलफलमा ल्याउदै आवश्यक सल्लाह, सुझाव सहित संकलन गर्ने गरी सुचना आदान प्रदानलाई प्रभावकारी बनाउनेछु ।

१०. सभा सम्मेलनहरुमा देखिने अनुशाशनहिनता र उद्दण्डतालाई निस्तेज गर्दै विधि विधान र संस्थागत प्रक्रियाहरुलाई अनुशरण गर्ने गराउने छु । कार्यक्रम तथा बैठकहरुको कुशल समन्वय गर्दै कोषाध्यक्ष तथा कार्यसमितिको सल्लाह र निर्देशनमा शान्त, सौम्य र स्तरीय कार्यक्रमहरु पस्किनेछु ।

११. एनआरएनए यूकेको तर्फबाट अन्तर्राष्ट्रिय समन्वय परिषद तथा आवश्यकताको बखत नेपाल सरकारक निकायहरुसंग समन्वय गर्दै नागरिकता तथा लगानी जस्ता दुरगामी महत्व र चासोका सवालमा भूमिका खेल्नेछु ।


प्रकाशित | २ असार २०७६, सोमबार १८:४८