बझाङमा जीप दुर्घटना: ६ जनाको ज्यान गयो

बझाङ : बझाङ जीप दुर्घटनामा परि ६ जनाको ज्यान गएको छ । अन्य ६ जना गम्भीर घाइते भएका छन् । सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा एक बालक, दुई महिला र तीन जना पुरुषको ज्यान गएको हो ।

जीप अप्ठेरो ठाँउमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न कठिन रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको अवस्थामा रहेको छ भने घटनाको विवरण आउन बाँकी छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीसहितको टोली गएको छ।


प्रकाशित | २ असार २०७६, सोमबार १७:१४