मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

चितवन: चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घटनामा एक गम्भीर घाइते भएका छन् । शुक्रबार राति रत्ननगर नगरपालिका–३ शान्तिचोकमा पर्साबाट नारायणगढतर्फ आउँदै गरेको ना ६३ प ६५२४ नंको मोटरसाइकल रोकिराखेको ना ६ ख १७७५ नंको ट्रकमा ठोकिँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार कालिका नगरपालिका–४ पदमपुरका ३० वर्षीय रामजी महत्तो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा राति १२ बजे मृत्यु भएको हो। मोटरसाइकल चालक सोही स्थानका २२ वर्षीय कृष्णनाथ महतोको उपचार भइरहेको छ। यस्तै, राप्ती नगरपालिका–१ मा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ९ प ९९३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक मक्वानपुर काकँडा–५ का २७ वर्षीय गोपीलाल स्याङतानको घट्नास्थलमै मृत्यु भएको हो ।


प्रकाशित | ७ बैशाख २०७६, शनिबार ०९:२२