काठमाडौंको सुविधानगरमा ७४ वटा सीसी क्यामेरा जडान

काठमाडौँ : काठमाडौँ महानगरपालिका ३२ स्थित सुविधानगर क्षेत्रभित्र ७४ वटा सीसी क्यामेरा जडान गरिएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वर, सामुदायिक विकास समिति, एकीकृत उपभोक्त संघ र सुरक्षित नागरिक समाजको सहकार्यमा सीसी क्यामेरा जडान गरिएको हो । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्लेले उक्त सीसी क्यामेरा उद्घाटन तथा हस्तान्तरण गर्दै समाजलाई सुरक्षित बनाउन सीसीटिभी क्यामेराले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । डीएसपी काफ्लेले विधिन्न सरकारी निकाय र नीजि संघसंस्थाहरुको सहकार्यमा ३७ लाख ३५ हजार रुपैयाँ लागतमा ७४ वटा सीसी क्यामेरा जडान गरिएको बताउनुभयो ।


प्रकाशित | २ असार २०७६, सोमबार १६:१५