एनआरएनएको एटलान्टामा हुन लागेको ‘पहिलो विश्व स्वास्थ्य सम्मेलन’ मा एक दर्जन भन्दा बढी कार्यपत्रहरू प्रस्तुत गरिने

काठमाडौं : प्रथम ग्लोबल स्वास्थ्य सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद, ग्लोबल हेल्थ एण्ड हाईजीन कमिटी तथा एनआरएनए एनसीसी अमेरीकाको संयुक्त आयोजनामा यही सेप्टेम्बरको २० देखि २२ मा एटलान्टामा हुन लागिरहेको सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो ।

सम्मेलनमा नेपालका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव सो कार्यक्रमको उद्घाटन गर्नुहुने कार्यक्रम छ । सम्मेलनका संयोजक एवं एनआरएनए आईसीसीको हेल्थ एण्ड हाईजीन कमिटीका चेयर डा. संजीव साप्कोटाका अनुसार स्वास्थ्य सम्मेलनमा बिभिन्न बिषयगत बिशेषज्ञले एक दर्जन भन्दा बढी स्वास्थ्यसंग सम्बन्धित बिभिन्न कार्यपत्रहरू प्रस्तुत गर्नुहुनेछ। सो सम्मेलनको साईन्टिफिक कमिटीका संयोजक एवं एनआरएनए अमेरीकाका बोर्ड अफ डायरेक्टर सत्य नारायण चौधरीका अनुसार ती कार्यपत्रहरूका निष्कर्षहरूलाई स्वास्थ्य सम्मेलन पश्चात जारी हुने “एटलान्टा स्वेत पत्र” मा समाबेश गरिनेछ। उद्घाटन सत्रको कार्यक्रम संचालन सम्मेलनका युथ हेल्थ एम्वेसडर तथा मिस नर्थ अमेरीका श्रीया गजुरेलले गर्नुहुनेछ।

सो स्वास्थ्य सम्मेलनमा युनिभर्सिटी अफ क्यालिफोर्निया, सान्फ्रान्सिस्कोका एसिस्टेन्ट प्रोफ़ेसर डा. तारा सिग्देलस युनिभर्सिटी अफ क्यालिफोर्निया, डेभिसका रिटायर्ड रिसर्च साईन्टिस्ट डा. पिताम्बर दहालस युनिभर्सिटी अफ नर्थ टेक्सासका एसिस्टेन्ट प्रोफ़ेसर डा. एन्ड्र्यू नेल्सनस मोर्गन स्टेट युनिभरसिटीका एशोसिएट प्रोफ़ेसर डा. उत्तम गॉउले तथा मयामी ईन्टरनेशनल युनिभरसिटीका प्राध्यापक डा। चुडामनी खनालले आ आफ्नो कार्यपत्र प्रस्तुत गर्नु हुनेछ।

यसका अतिरिक्त कार्यपत्र प्रस्तुत गर्नुहुनेमा प्रा. डा. अच्युत शर्मा, अमेरीका नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष डा. सन्तोष सापकोटा, हेल्थ फ़ाउन्डेशन नेपालका कार्डियोलोजिस्टद्वय डा. मनोज भन्डारी र डा. ययस्वी पोखरेल तथा जाजरकोट हस्पिटलका मेडिकल सुपरिटेन्डेंन्ट डा. चाँदनी जयसवाल हुनुहुन्छ।

उक्त कार्यक्रममा जेभिया फाउन्डेशनका अध्यक्ष लाउरा स्पेरो, नर्सद्वय मन्जु संघ्रौला र सबित्री देबी शर्मा तथा ऑस्ट्रेलियन रिजेनेरेटिभ मेडिसिन ईन्टिच्यूट, मोनास बिश्वबिध्यालयका बिध्यार्थी सुब्रत सिटौलाले पनि आ(आफ्नो कार्यपत्रहरू प्रस्तुत गर्नुहुनेछ।

कार्यक्रम संयोजक सृजना खतिवडाका अनुसार सो स्वास्थ्य सम्मेलनमा रनिंग एण्ड वाकिंगस योगा, ताईची, जुम्वास मेडिकल, भिजन र डेन्टल स्क्रीनिंगस ब्लड डोनेसन र सिपीआर तालिम पनि दिईनेछ। उक्त कार्यक्रममा युवा र महिलाका स्वस्थ्य सम्बन्धी समस्याहरूका बारेमा बिशेष रूपमा छलफल गरिनेछ।

नेपालीहरूको बिश्वव्यापी स्वास्थ्यका समस्या र अवसरका साथै नेपाल सरकारको “ब्रेन गेन” प्रोजेक्ट बारेमा सो सम्मेलनमा बृहद छलफल तथा प्यानल डिस्कसन हुनेछ। कार्यक्रमको अन्तमा सम्मेलनमा भएका छलफलका निष्कर्ष समाबेश गरिएको “एटलान्टा स्वेतपत्र” जारी गरिने जनाइएको छ ।


प्रकाशित | २५ भाद्र २०७६, बुधबार १२:३१