विमान दुर्घटनापछि लुक्ला एयरपोर्टमा उद्धारका हेलिकप्टरबाहेक जहाजलाई ३ घण्टासम्म उडान बन्द

काठमाडौं : विमान दुर्घटनापछि उद्धारका हेलिकप्टरबाहेक अन्य जहाजलाई ३ घण्टासम्म उडान बन्द गरिएको छ । एयपोर्टका प्रमुख इमानाथ अधिकारीले उद्धारका हेलिकप्टरबाहेक अन्य जहाजलाई ३ घण्टासम्म उडान बन्द गरिएको जानकारी दिनुभयो । आइतबार बिहान जहाजले मनाङ एयर र श्री एयरको हेलिकप्टरलाई ठक्कर दिएर दुर्घटना भएका थियो ।दुर्घटनाको छानविन भइरहेकाले के कारणले दुघटना भयो भन्ने जानकारी आएको छैन् । यद्यपी विमान उड्ने क्रममा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । विमान बिहान मात्रै रामेछापबाट लुक्ला गएको र यात्रु छाडेर फर्कने बेला उड्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १२:००