सुदूरपश्चिम प्रदेशले ल्यायो २८ अर्ब १६ करोडको बजेट: रोजगारी दिन १० करोड

कैलाली: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०६६र७७ का लागि २८ अर्ब १६ करोडको बजेट सार्वजनीक गरेको छ । आर्थिक मामिलामन्त्री झपडबहादुर रावलले आइतबार प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गर्नुभएको हो ।

चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ ४० करोड र अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १२ करोड २१ लाख ७२ हजार छुट्याइएको छ ।

प्रदेश सरकारले ८२ करोड ७५ लाख १७ हजार राजश्व उठाउने लक्ष्य राखेको छ भने बजेटको बाँकी श्रोतका रुपमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ७ अर्ब ९५ करोड २४ लाख, राजश्व बाँडफाँटबाट ८ अर्ब ४ करोड ६८ लाख ५५ हजार, सशर्त अनुदानबाट ४ अर्ब ५५ करोड ६ लाख, समपुरक अनुदानबाट १ अर्ब र विशेष अनुदानबाट १ अर्ब आउने छ ।

बजेटमा प्रदेशमा रहेका बेरोजगार युवालाई सहुलियत दरमा कर्जा उपलब्ध गराई स्वरोजगार बनाउने उदेश्यले चालू आर्थिक वर्षमा सुरु गरिएको यवुा स्वरोजगार विकास कार्यक्रम सञ्चालन गर्ने कानूनी आधारको रुपमा पेश गरिएको स्वरोजगार विकास कोष विधेयक सदनबाट प्रमाणित भइ प्रमाणिकरणको प्रकृयामा रहेको उल्लेख छ ।

बजेटमा आधुनिक राजश्व प्रणालीको विकासबाट लगानी मैत्री वाताबरण सिर्जना गरी उत्पादनमुलक उद्योग तथा व्यवसाय प्रवद्र्धन र औद्योगिक संरक्षणमा टेवा प्रदान गर्ने, गैरकर राजस्वलाई समसामयिक लागत प्रभावी र पारदर्शी बनाइ थप राजस्व परिचालन गर्ने व्यवस्था गरिएको छ ।


प्रकाशित | १ असार २०७६, आईतवार २०:४५