मदरल्याण्डलाई भक्तपुर कप फुटबलको उपाधि

भक्तपुर – भक्तपुरमा भएको दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताको उपाधि मदरल्याण्ड स्कुलले हात पारेको छ। भक्तपुर एफसी ११ र स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुरको संयुक्त आयोजना तथा सिद्धि स्मृति प्रतिष्ठान भक्तपुरको सहयोगमा आयोजित गत बुधबारदेखि सुरु भएको दोश्रो अन्तर विद्यालयस्तरीय प्रतियोगितामा स्प्रिङडेल इंगलिश बोर्डिङ्ग स्कुललाई हराउँदै सुर्यविनायक वडा ९ स्थित मदरल्याण्ड स्कुल प्रतियोगितमा पहिलो भएको हो।

महेश्वरी खेल मैदानमा भएको प्रतियोगितामा मदरल्याण्ड शून्यका विरुद्ध एक गोल अन्तरले विजयी भएको हो। विजयी भएसँगै मदरल्याण्ड स्कुलले दशहजार नगद र उप विजेता स्प्रिङडेलले पाँच हजार नगदसहित कप, मेडल र प्रमाणपत्र पाएका थिए ।

No description available.

प्रतियोगिताका उत्कृष्ट हुन सफल टिमहरुलाई बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले नगद पुरस्कार, कप तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रतियोगितामा मदरल्ल्याण्डका सुदिल थुयाजूले उत्कृष्ट खेलाडीको, सुनिल लामाले उत्कृष्ट किपरको र अतित तामाङले उत्कृष्ट रक्षकको उपाधि हासिल गरे भने प्रतियोगितामा स्प्रिङडेल स्कुलका आजाद प्रजापति म्यान अफ दी म्याच भएका थिए ।

No description available.

आयोजक भक्तपुर एफसी ११ का अध्यक्ष राम प्रजापतिले भक्तपुरको फुटबल खेललाई अगाडि वढाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको जनाए ।

आजका विद्यार्थीलाई राम्रो फुटबलर बनाउन सके भोलि मजबुद फुटबल टिम वन्ने आशाका साथ प्रतियोगिता गरेको जानकारी उनले गराए ।

आयोजक भक्तपुर एफसी ११ क्लब भक्तपुरकै पुरानो फुटबल क्लव हो । यो जिल्लामा रहेको धेरै फुटबल क्लबहरुमध्ये सक्रिय फुटवल क्लव पनि हो । यस क्लबमा भक्तपुरकै पुरानो शिवजी श्रेष्ठलगायतका पुराना फुटवल खेलाडीहरु आवद्ध छन्


प्रकाशित | १३ पुष २०७८, मंगलवार २०:०३