भैंसेपाटी प्रहरी प्रभागबाट तीन थुनुवा फरार, खोजी कार्य जारी

काठमाडौं : महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना थुनुवा फरार भएका छन् । थुनुवा ग्रिल उप्काएर उनीहरु भागेका हुन । फरार भएकाहरुमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका थुनुवा भएको प्रहरीले जनाएको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।

ललितपुर परिसर जावलाखेलमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो । ललितपुर प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले फरार भएकाहरुको खोजी कार्य जारी रहेको बताउनुभयो । थुनुवा भगाउन सहयोग गरेको आरोपमा भैंसेपाटी प्रभागमा रहेका डिउटी अधिकृतसहित चार जनालाई तत्कालै निलम्बनको प्रक्रिया थालिएको एसएसपी धानुकले बताउनुभयो ।


प्रकाशित | २४ असार २०७६, मंगलवार ११:२७