वाणिज्य बैंकको लगानी विशेष प्राथमिकता क्षेत्रमा केन्द्रित

काठमाडौँ : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कृषि, पर्यटन, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखी कर्जा परिचालन गरेको छ । सरकारले प्राथमिकतामा राखेका क्षेत्रलाई केन्द्रमा राखेर कर्जा परिचालन गरेको र त्यसले बैंकको कार्यक्षेत्रलाई समेत थप विस्तार गरेको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ मा मात्रै रु पाँच अर्ब ३२ करोड खुद मुनाफा गरेको छ । सो अवधिमा बैंकले रु एक खर्ब ९० अर्ब निक्षेप सङ्कलन गरेको छ । यस्तै रु एक खर्ब ४४ अर्ब कर्जा प्रदान गरेको छ ।

बैंकमा आज आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले सातै प्रदेश, ७७ जिल्लाका २२२ शाखा कार्यालय, १७५ एटिएम र ९३ वटा शाखारहित बैंकिङ सेवा प्रदान गरेको जानकारी दिनुभयो । बैंकिङ क्षेत्रको विस्तार, वित्तीय पहुँचका लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवा लक्षित कारोवार सञ्चालन गरेको समेत उहाँको भनाइ छ ।

यसैबीच बैंकले आफ्नो ब्राण्ड एम्बासडरमा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठलाई नियुक्त गरेको छ । ब्राण्ड एम्बासडरमा नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ र दी हिडेन टे«जरका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले हस्ताक्षर गर्नुभयो ।

बैंकको व्यवसाय प्रवद्र्धकका लागि भन्दै गत वर्षदेखि मिस नेपाललाई ब्राण्ड एम्बासडरमा नियुक्ति गर्न थालिएको हो । मिस नेपाल श्रेष्ठले बैंकसँग जोडिन पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो । यस्तै दी हिडेन टे«जरका अध्यक्ष कक्षपतिले सरकारी स्वामित्वको बैंकसँग जोडिन पाउँदा आफूलाई थप उत्साहित बनाएको बताउनुभयो ।


प्रकाशित | २ भाद्र २०७६, सोमबार २०:३९